हेलिकोप्टरबाट २४ हजार लिटर पानी खन्याउँदा पनि निभेन महाभारतको आगो

हाललाई बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्को लगायतका क्षेत्रमा आगो नियन्त्रण आएको छ

११ माघ, काठमाडौं । महाभारत जंगलमा लागेको आगो निभाउन शुक्रबार दिउँसो हेलिकोप्टर प्रयोग गरियो । करिब २४ हजार लिटर पानी सिम्रिक एयरको हेलिकोप्टरबाट आगोलागी भएको क्षेत्रमा खन्याउँदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

अहिले पनि जंगलमा आगो दन्किरहेको छ । शुक्रबार दिउँसो २४ पटक हेलिकोप्टरले पानी खन्याएको थियो । एक पटकमा एक हजार लिटर पानी बेथानचोककै वडा नम्बर २ स्थित एक पार्कबाट लिएर हेलिकोप्टरले आगोलागी भइरहेको क्षेत्रमा खन्याएको थियो ।

हाललाई बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्को लगायतका क्षेत्रमा आगो नियन्त्रण आएको छ । अन्य ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन ।

गत मंगलबार दिउँसो २ बजेबाट सो क्षेत्रमा आगलागी भएको थियो । आगलागी भइरहेको क्षेत्रमा नेपाली सेनासहितको टोली परिचालन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *