सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान बारे समितिको बैठक सुरु
३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू भएको छ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औं बैठक सिंहदरबारमा सुरु भएको हो ।मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न आज सिंहदरबारमा बैठक सुरु भएको छ ।
बैठकमा राष्ट्रिय गौरवका आयोजना, समस्या तथा तिनका कारण र समाधानका उपायबारे छलफल गर्न विभिन्न १५ कार्यसूची राखिएका छन् ।
ती कार्यसूचीमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, शासकीय सुधार, बैंक, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दररेट, बालसुधार गृह सञ्चालन तथा सडक बालबालिका मुक्त अभियान, संघ, प्रदेश र स्थानीय तहमा सरकारी भवन रहेका छन् । सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरुत्यस्तै गरेर समपूरक अनुदान, सोह्रौँ आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत् महसुल सङ्कलन विनियमावली, अनिवार्य तथा निःशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नसिप, विपद् उत्थानशील पूर्वाधार निर्माण, विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना समेटिएको छन् ।
बैठकमा सहभागी हुनेहरु मा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीगण, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघ र प्रदेश सरकारका सचिवहरु रहेका छन् ।