बालेनद्धारा प्रधानमन्त्रीलाई आग्रह- मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्न दिनुस्

शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।


९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।

‘प्यारो प्रधानमन्त्री ज्यु’ को सम्बोधन गर्दै मेयर शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’

बालेन शाहको स्टाटस

प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *