गायक प्रमोद खरेलले जिते म्युजिक प्रालिविरुद्धको प्रतिलिपि अधिकारको मुद्दा

२१ फागुन, काठमाडौं । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्धको प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । मंगलबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको निर्णय सदर गर्ने फैसला सुनाएको छ ।
गायक खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी र लीला शर्माविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनअन्तर्गतको कसुरको मुद्दा जितेका हुन् ।
प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै खरेलले २०७७ सालमा उक्त कम्पनीविरुद्ध जाहेरी दिएका थिए । सो मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम फिर्ता गर्न आदेश दिएको थियो ।
सजाय कम भएको भन्दै सरकारी वकिलले उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेको थियो । संचालक रेग्मीले पनि सजाय खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *