लगातार बढेको सेयर बजार बुधवार भने करेक्सन


२१ फागुन, काठमाडौं । बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्से सूचक २५.१६ विन्दुले घटेर २८२१.१३ अंकमा आएको छ भने १० अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
यसअघि छोटो अवधिमै लगातार बजार बढ्दा धेरैजसो लगानिकर्ताले नाफा बुक गरेका कारण सेयर बजारमा गिरावट आएको हो ।
यता घटेको बेला धेरैजसो लगानीकर्ता पर्ख र हेर कै अवस्थामा रहनुले पनि कारोबार रकमसमेत प्रभावित भएको अनुमान गरिएको छ । घटेका बेला किन्ने तयारीमा रहेकाहरु पनि केही समय पर्खिने मुडमा रहने भएकाले पनि बजारमा माग पक्ष सबल हुन सक्दैन । यसले पनि बजार घट्नेक्रम नरोकिएको अनुमान गरिएको छ । घट्ने थालेपछि अझै सस्तो हुन्छ कि भन्ने आम मनोवृत्ति हुन्छ ।यो करेक्सनको क्रम सकिएपछि बजारले फेरि सकारात्मक गति लिने अनुमान गर्न सकिन्छ ।सेयर बजारका अहिले समग्र अवस्था राम्रो देखिएको छ । यसअघि कसिएका नियमहरु पनि क्रमशः खुकुलो पार्ने काम भइरहेका छन् । आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक देखिएको छ । मुख्य कुरा बैंक ब्याजदर निकै तल्लो विन्दुमा आएको छ । प्रणालीमा अधिक तरलताको अवस्था छ । यसले सेयर बजार माथि लैजान ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।यस्तै, बैंकहरुले मुद्दति निक्षेपमा निकै कममात्र ब्याजदर दिएकाले म्युचुअल फन्ड, बिमा कम्पनीसहित अन्य संस्थागत लगानीकर्ताहरुले समेत बैंक निक्षेप घटाएर सेयर बजारमै लगानी केन्द्रित गर्न थालेका छन् । यसले पनि सेयरको माग बढाएको अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *