४ अंकले बढ्यो नेप्से, ११ अर्ब ७२ करोडको सेयर कारोबार


 

२ मंसिर, काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ।

आज नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा बन्द भएको हो । आज सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो । आज ३२६ वटा धितोपत्रको दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *