सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड

आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ।


६ चैत, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ।

चाँदीको भाउ भने सामान्य घटेको छ। आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *