सुनको भाउमा नयाँ रेकर्ड
सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

१५ चैत, काठमाडौं । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो ।
यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।