मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा

सरकारले यस दिन सार्वजनिक बिदा दिने प्रचलन राखेको छ, जसले धार्मिक सद्भावलाई अझ सुदृढ बनाउने काम गर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।


१८ चैत, काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको जानकारी दिए।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । सरकारले यस दिन सार्वजनिक बिदा दिने प्रचलन राखेको छ, जसले धार्मिक सद्भावलाई अझ सुदृढ बनाउने काम गर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान(प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ।

ईदउलफित्र मनाउनका लागि आज मुस्मिलम समुदाय ‘ईदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन्। मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन्।

यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ। एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन्।

हाल उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४७ हो। रमजान महिना नवौं महिना हो। रमजान महिनामा नै मुस्लमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो। दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ।

ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेका छन्। विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिंदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ।

एक महिनासम्म चल्ने रमजानमा मुस्लिम धर्मालम्वीहरुले सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहरी) खाई सुरु हुने रोजा सूर्यास्तपछि सकिन्छ। रोजाको समयमा दिनभर मुसलमानहरु निराहार बस्नुपर्छ। रोजा लिनेहरुले आफ्ना पाँचै ईन्द्रीयहरुमा नियन्त्रण राखी दिनभरि निराहार बस्नुपर्ने मान्यता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *