सुन-चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ।
आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।
आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। शुक्रबार एकतोला चाँदी १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।