सुनको भाउ १ हजार रुपैयाँले घट्यो

शुक्रबार १ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ।


१२ वैशाख, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ।बिहीबार २ सय रुपैयाँले बढेर एक तोला  सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले बढेको थियो।

मंगलबार भने एक तोला सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम भएको  थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि सामान्य घटेको छ। आज एक तोला चाँदी २ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *