सुन २ लाख नजिक, आज कतिले बढ्यो?
आज तोलाको १ लाख ९२ हजार २०० कायम भएको छ।

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
आज तोलाको १ लाख ९२ हजार २०० कायम भएको छ। बुधबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदी एक तोलाको १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।