सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९० हजार ५०० मा कारोबार भइरहेको छ ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १०ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९० हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै एक तोला चाँदीको मूल्य एक हजार ९७० तोकिएको छ।

शुक्रबार प्रतितोला सुन एक लाख ९० हजार ८०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *