रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो

गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।


३० वैशाख, काठमाडौं । विभिन्न अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि अदालत पेश गरेको छ ।

गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।

राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका त्यस दिनको आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *