काभ्रे बाढी : चौथो दिन पनि रेणुकाको अवस्था अज्ञात, प्रहरीले लियो कुकुरको सहयोग
बुधबार लड्केश्वर, पिपलटारसम्म खोजी गर्दा पनि गिरीको अवस्था पत्ता लाग्न सकेको छैन । आज बिहीबार चौथो दिनदेखि प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ ।

१ जेठ, काभ्रे । काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरी बाढीमा बगेर बेपत्ता भएको आज चार दिन भएको छ । उनलाई खोज्न प्रहरीले आजदेखि तालिमप्राप्त कुकुर प्रयोग गरेको छ ।
वैशाख २९ गते खेतमा काम गरेर घर फर्किंदै गर्दा उनलाई घर नजिकैको खोल्सा जस्तो खहरे खोलाले बगाएको थियो ।