प्राधिकरण बोर्डले उद्योगहरूको बिजुली नकाट्ने निर्णय

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।


१२ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।

उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो ।

दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनको बोर्डले गरेको उक्त निर्णय प्रति भने फरक मत राहेको स्रोतले बतायो ।

नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु पर्ने प्राधिकरणको कर्तव्य भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *