भियतनामको कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डल र एमाले महासचिवबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली है विन नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भेट गरेको छ ।


१२ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली है विन नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भेट गरेको छ ।

भेटमा दुई देशका सरकार, कम्युनिस्ट पार्टी र जनताबीचको घनिष्ठ सम्बन्धका बारेमा छलफल भएको दाबी गरिएको छ ।

पोखरेलले भेटमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा महत्त्वका साथ भियतनामको भ्रमण गरेबाट दुईदेशबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने बताए ।

लिले सो अवसरमा नेपालमा कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गर्नुहुँदै आगामी दिनमा अझ बढी सफलताको शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *