सुनको मूल्य तोलामै २१०० बढ्यो
प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ
२५ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।