आज सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै


११ मंसिर, काठमाडौं । आज मंसिर ११ अर्थात सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ जसमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् । तेस्तै आजै नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन् ।
उनले सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको दाबीसमेत गरेका छन् । ‘मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । यसका लामा इतिहास छन् । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार दिन थाल्यो,’ सन्देशमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *