लरेन्स बिश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ
चार व्यवसायीहरूले केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको
१४ मंसिर, काठमाडौं । नेपाली व्यवसायीलाई भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन । चार व्यवसायीहरूले केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै सीआईबीमा उजुरी दिएका थिए ।
व्यवसायीको भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की दिइएको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।