विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र

धम्की पछाडि के उदेश्य थियो भन्ने अनुसन्धान


१४ मंसिर, काठमाडौं । नेपाली व्यवसायीलाई गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ ।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुँयाल रहेका छन् ।

सीआईबी स्रोतले  ‘पक्राउ परेका फुँयालमाथि अनुसन्धान जारी छ । उहाँले किन धम्की दिनुभयो । यसको पछाडि के उदेश्य थियो भन्ने अनुसन्धान अघि बढाएका छौं,’ भन्यो ।

विश्वनोईको नाम लिएर केही समयअघि धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । व्यवसायीको भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *