पाथीभराको केबलकार विवादमा ६ बुँदे सहमति सबै आन्दोलनका कार्यक्रम फिर्ता


२३ माघ, काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । दुई दिन चलेको वार्तापछि सहमति भएको हो ।
आन्दोलतरत पक्ष र गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीबिच ललितपुरको एक होटलमा भएको वार्तामा पाथीभरा केवलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमित भएको हो ।

त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानूनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।

मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्तामा माग भएको पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *