रविलाई संगठित अपराधमा मुद्दा नचलाउने चितवनका न्यायाधिवक्ताको सरुवा

२३ माघ, काठमाडौं । रबि लामिछानेको मुद्दा हेर्ने चितवन सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा भएको छ। साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ठगी मुद्दामा मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको आरोपमा लुइँटेललाई सरुवा गरिएको हो।
लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । छवि जोशीलाई संगठित अपराधमा जोड्दा रविलाई ठगीमा मात्र मुद्दा दायर गरिएको थियो।
प्रहरीले संगठित अपराध र ठगी दुबै मुद्दा लगाउन सुझाव दिएपनि लामिछानेलाई सरकारी वकिल कार्यालयले ठगीमा मात्र मुद्दा दर्ता गरेको हो।
१५ महिना चितवन बसेका लुइँटेलको सरुवा काठमाडौं भएको छ। लुइँटेलको ठाउमा बुटवलबाट रवि न्यौपाने आउने भएका छन् ।