भोलिबाट चिन जोड्ने तातोपानी नाका सुचारु हुदै

२८ माघ, काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भोलिबाट नियमित खुल्ने भएको छ ।
चिनियाँ भूमि जोड्ने लिपिङ पुल गत १२ असोजको बाढीले बगाएको थियो । अहिले सो स्थानमा बेलिब्रिज जडान कार्य सकिएकाले बुधबारदेखि नेपालका लागि सामान लिएर आएका कन्टेनरहरू ल्याउन सुरु गरिने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
‘बेलिब्रिजको भारवहन क्षमता मूल्यांकनका लागि ३० टनको कन्टेनर वारपार गरेर सफल परीक्षणसमेत भइसकेको छ । सेनाको प्राविधिक तथा श्रमशक्तिको सहयोगमा जडित बेलिब्रिज बुधबार हस्तान्तरण भएपछि सामान ल्याउन सुरु गरिने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।