बीआरआईलाई अनुदानको रुपमा लिन सकिने सञ्चारमन्त्री गुरुङको भनाई
११ मंसिर, । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले (बीआरआई) अनुदानको रुपमा लिन सकिने बताएका छन्।
आगामी साता हुने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने गुरुङले बताए ।
धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले सरकार बीआरआई सम्झौता गरिहाल्नपर्छ भन्नेमा सरकार नभएको सञ्चारमन्त्री गुरुङको भनाई छ ।
सञ्चारमन्त्री गुरुङले भने , ‘जुनसुकै मुलुकबाट हामी ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ ।’
मन्त्री गुरुङले भने, ‘बुझेर बिआरआई परियोजनामा सम्झौता गर्ने देशहरूले राम्रो पनि गरिराखेका छन्, ती मुलुकमा ती आयोजना ‘गेम चेन्जर’का रुपमा कार्यान्वयन भएका हामीले देखिरहेका छौँ ।’