३७ सयले घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?
आज ३७ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको हो।

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सोमबार सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको हो।
अघिल्लो दिन आइतबार एक तोला सुन १ लाख ९० हजार ५०० सय रुपैयाँमा खरिदबिक्भरी भएको थियो। आज एक तोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।