सिरियाका मूख्य शहर विद्रोही समूहको कब्जामा राष्ट्रपति रसियाको शरणमा
२३ मंसिर, काठमाण्डौ । सिरियामा विद्रोही समूह र सरकार पक्षीय सेनाबीचको द्वन्द्व जारी रहँदा, विद्रोही लडाकुहरूले राजधानी दमास्कस सँगै चार प्रमुख सहर अलेप्पो, हामा, होम्स, र दारा लाई कब्जा गरेका छन्। प्रमुख शहरहरु कब्जा गरेसँगै राष्ट्रपति बसर अल असदले देश छोडेर रसियामा शरण लिएका छन् ।
द्वन्द्वका कारण अहिलेसम्म ३ लाख ७० हजार मानिस विस्थापित भएका छन्।
सिरियामा विद्रोहीहरुले आक्रमण गरेपछि रूस, टर्की र इरानका विदेशमन्त्रीहरूले छलफल गरेका थिए। रूसी विदेशमन्त्री सर्गेई लावरोफले त्यसलाई आतंकवादी आक्रमण भनेका छन्।