इतिहासकै सबैभन्दा धेरै आप्रवासीलाई पक्राउ गरि डिपोट गर्दैै अमेरिका
बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासी पक्राउ

१२ माघ, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नितिमा कडाइ सँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ ।
ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरेको छ ।
आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । उहाँले आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ ।
अमेरिकामा झण्डै एक करोड १० लाख गैरकानुनी आप्रवासी रहेका अनुमान गरिएको छ ।