भारत र पाकिस्तानको राजनितिमा पिल्सीएको सार्क सम्मेलन अब कैले ?


२३ मंसिर, काठमाण्डौ । चालीस वर्षअघि आजकै दिन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को स्थापना भएको हो । दक्षिण एसियाका दूरदर्शी राजनीतिज्ञहरूले क्षेत्रीय एकीकरणलाई गहिरो बनाउने र आर्थिक विकास साथै यस क्षेत्रका जनताको कल्याणलाई प्रवर्द्धन गर्ने महत्वाकांक्षी मिसनका साथ स्थापना गरेको सार्कको पहिलो बैठक सन् १९८५ मा ढाकामा भएको थियो । पहिलो शिखर सम्मेलनपछि सार्कले अहिलेसम्म १८ वटा शिखर सम्मेलन सम्पन्न गरेको छ, अन्तिम शिखर सम्मेलन सन् २०१४ मा काठमाडौँमा भएको थियो । तेसपछि सन् २०१६ मा पाकिस्तानमा हुने तय भएको सार्क शिखर सम्मेलन भारतले उरी आतङ्कवादी हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै भाग नलिने निर्णय गरेपछि यसलाई रद्द गरियो ।
भारतीय विदेश मन्त्री एस जयशंकरको दुई महिना अघि एससीओ बैठकका लागि इस्लामाबाद भ्रमणको बखत सार्कको बारेमा कुनै प्रगति हुन सकेन ।
सार्क सदस्य राष्ट्रहरूले आफ्ना मतभेदका मुद्दाहरू समाधान गर्न सार्क सम्मेलन हुनु जरुरी देखिन्छ । शिखर सम्मेलनका लागि स्थल चिन्ताको विषय भैरहदा नेपालले मुख्यालयको आयोजक देशको रूपमा मात्र नभई सबै सदस्य राष्ट्रहरूका लागि तटस्थ स्थलको रूपमा, काठमाडौँमा शिखर सम्मेलनको आयोजना गर्न सक्छ ।
सार्क स्थापनाकालदेखि नै सदस्य राष्ट्रहरूमाथि शङ्का र अविश्वासले ग्रस्त छ। त्यस समयको शीतयुद्धको राजनीतिको उचाइ यसका लागि धेरै हदसम्म जिम्मेवार थियो किनकि सार्कले एसियाको आफ्नै शीतयुद्ध निम्त्याउन सक्छ भन्ने डर थियो सदस्य राष्ट्रहरूबिच शङ्का र अविश्वास आज पनि जारी छ।
विकसित भूराजनीतिक वास्तविकताहरू, जलवायु परिवर्तनको बढ्दो प्रतिकूल प्रभावहरू र कोभिड–१९ जस्ता जनस्वास्थ्य सङ्कटहरूको सामना गर्न सार्क राष्ट्रहरू बिचको क्षेत्रीय सहयोग पहिलेभन्दा धेरै महत्वपूर्ण छ। विश्वले आज नयाँ भूराजनीतिक तनाव र प्रतिस्पर्धाको सामना गरिरहेको बेला क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्न सार्कको भूमिकालाई पनि कम आँकलन गर्न सकिँदैन।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *