०८४ सालको आम निर्वाचनमा भाग लिने विप्लव नेतृत्वको नेकपाको निर्णय
पार्टीले निर्वाचनमा भाग लिनका लागि आफ्ना नेताहरूमाथि लागेको मुद्दा खारेज हुनुपर्ने माग राखेको छ
३ पुस, काठमाडौं । ०८४ सालको आम निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भाग लिने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको केन्द्रीय कमिटीको बैठले सो निर्णय लिएको हो ।
पार्टीले निर्वाचनमा भाग लिनका लागि आफ्ना नेताहरूमाथि लागेको मुद्दा खारेज हुनुपर्ने माग राखेको छ ।
पार्टीका नेता अनिल शर्माले भने ‘०८४ को आम चुनावमा भाग लिने निर्णय भएको छ तर, सरकारले हाम्रा नेताहरूमाथि लगाएको मुद्दा खारेज गर्नुपर्छ ।’
उनले यसअघि सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पनि बताए ।