आज रवि लामिछानेविरुद्ध अभियोग दर्ता हुने
७ पुस, काठमाण्डौं । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।
गोखौ मिडियाको सञ्चालक हुँदा जिबी राई समूहले चलाएका विभिन्न सहकारीबाट आएको पैसा चेक काटेर खर्च गरेको भन्दै लामिछानेलाई प्रहरीले अनुसन्धानमा तानेको हो। रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ।