राष्ट्रपति समक्ष ४ देशका राजदूतको शपथ ग्रहण
अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण
१६ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा विभिन्न चार देशका राजदूहरूले शपथ गरेका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् ।
अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको जानकारी दिइन् ।