रास्वपाले कोशी प्रदेश सभापति तिम्सिनालाई निलम्बन गर्यो
४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।
गत १७ पुसमा पूर्व महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए । सोहि कारण तिम्सिनालाई निलम्बन गरिएको पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले जानकारी गराएका हुन् ।