माइतीघरमा दुर्गा प्रसाईंका समर्थकहरूले गरे प्रदर्शन
व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
१२ मंसिर, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
माइतीघरमा उनलाई निस्शर्त रिहाइ माग गर्दै समर्थकहरूले प्रदर्शन गरेका हुन् ।
‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानअधिकारको रक्षा गर’ भन्ने लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए।
उनका समर्थकहरू प्रसाईंको मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेसँगै माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
उनलाई मंसिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।