डिल्लीबजार कारागारमा दीपक मनाङे बिन्दास देखिन्छन्
सांसद दीपक मनाङे कारागारको गोलघरभित्र ‘ख’ ब्लकमा रहेका छन् । कारागारमा रहेका मनाङे बिन्दास देखिन्छन् ।
१२ मंसिर, काठमाडौं । २७ कात्तिकदेखि गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।
सांसद दीपक मनाङे कारागारको गोलघरभित्र ‘ख’ ब्लकमा रहेका छन् । कारागारमा रहेका मनाङे बिन्दास देखिन्छन् ।
ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गर्न डिल्लीबजार कारागार चलान भएका मनाङले दुई साता बित्दासम्म न कारागार प्रशासनसँग कुनै गुनासो गरेका छन् न भेट्न आउनेसँग ।
ज्यान उद्योगमा उच्च अदालत पाटनले गरेको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले समेत गत कात्तिक २० गते सदर गरेपछि मनाङे पक्राउ परेका थिए ।
त्यसपछि उनलाई कात्तिक २७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो ।
उनले कारागार पुगेपछि जेलर पूर्णबहादुर खत्रीलाई भेटेर ‘ख’ ब्लकमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
मनाङेलाई २७ कात्तिकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले काठमाडौंको सानो भर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेर कारागार चलान गरेको थियो ।
सोही ज्यान मुद्दामा यसअघि २ वर्ष ८ महिना जेल बसिसकेकाले मनाङेले अब २ वर्ष ४ महिना कैद भुक्तान गर्न बाँकी छ । सोही कैद भुक्तानका लागि उनी डिल्लीबजार कारागारमा छन् ।