प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेरको तयारिमा

मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्रीको चेतावनी


१३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेरको तयारिमा जुटेका छन्।
बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको क्षमता प्रभावकारी नदेखिए परिवर्तन हुनसक्ने चेतावनी दिएका थिए ।
“हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ” प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने ।

३० असारमा कांग्रेस र एमाले को गठबन्धनको सरकार बनेपछि उल्लेख्य परिणाम नदेखिएको भन्दै सरकारको आलोचना भइरहेको छ।
सरकार गठनको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए। कार्यसम्पादन सम्झौताअनुसार मन्त्रीहरूले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री असन्तुष्ट छन्।
हाल कांग्रेस, एमाले सहित लोसपा, नाउपा र जसपाबाट ओलि सरकारका मन्त्री छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *