ट्रम्पद्धारा ब्रिक्स राष्ट्रलाई डलरको विकल्प खोजे शतप्रतिशत कर लगाउने धम्की

ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।


१६ मंसिर, काठमाडौं । शनिबार ब्रिक्स देशहरूले अमेरिकी डलरको विकल्प खोज्न लागेको विषयमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।

ट्रम्पले डलरको विकल्प खोजे ब्रिक्स देशहरूलाई ती देशका उत्पादनहरूमा १०० प्रतिशत आयात कर लगाउने धम्की दिएका छन्। भारत र चीन ब्रिक्समा सहभागी प्रमुख उदीयमान अर्थतन्त्रहरू हुन् ।

ट्रम्पले आफ्नो चुनावी अभियानमा अमेरिकी बजारमा चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म भारी कर लगाउने वाचा गरेका थिए। यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार युद्ध चर्किने सम्भावना बढाएको छ।

ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।

उनले अगाडि थपेका छन्, ‘ब्रिक्स देशहरूले डलरको विकल्प खोज्नुपर्ने प्रयासलाई हामी मूकदर्शक भएर हेर्न सक्दैनौं। यस्तो गरेमा तिनले शतप्रतिशत कर (ट्यारिफ) को सामना गर्नुपर्नेछ।’ट्रम्पले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘डलरबाट टाढिने ब्रिक्स देशहरूको प्रयास अमेरिकाले मूकदर्शक बनेर हेरिरहन्छ, अब यस्तो हुनसक्दैन ।’

अमेरिकी डलरलाई चुनौती दिन खोजे ब्रिक्स राष्ट्रहरूले अमेरिकी बजारमा सामान बेच्ने अवसरमा बन्देज लगाउनुपर्ने तर्क ट्रम्पले गरेका छन् ।

ट्रम्पले चेतावनीपूर्वक भनेका छन् ‘ब्रिक्स देशहरूको मुद्राले अन्तर्राष्ट्रिय व्यापारमा डलरको स्थान लिन सम्भव छैन, यदि कोही देश यस्तो प्रयास गर्छ भने, उसले अमेरिका छोड्न तयार हुनुपर्छ,’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *