सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।
१२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।
विद्युतीय कसूरको आरोपमा उनि पक्राउ परेका हुन् ।
उनका छोरा निराजनले गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। बुधबार न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।
४ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसाईंले कम्बोडियामा लगानी गरेको भनी बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।
गत ९ मंसिरमा प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
प्रहरीले जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर उनलाई हिरासतमा राखेर प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।