बयानका लागि आज साँझ लामिछानेलाई काठमाडौं ल्याइँदै

सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएपछि बयानका लागि काठमाडौं ल्याउन लागिएको


१३ मंसिर, काठमाडौं । आज साँझ कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ ।

आज अपराह्न ५ बजे बुद्ध एयरको जहाजबाट सभापति लामिछानेलाई काठमाडौं ल्याइन लागेको हो ।

उनलाई सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएपछि बयानका लागि काठमाडौं ल्याउन लागिएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले लामिछानेलाई आज अपराह्न पोखराबाट काठमाडौं ल्याउन लागिएको बतायो ।

मङ्सिर २ गते उनीविरुद्ध स्वर्णलक्ष्मीको बचत अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न आदेश भएको थियो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ भने लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *