कीर्तिपुरमा बिहान साढे १० बजेसम्म ४५ सय हाराहारीमा मत खस्यो

कीर्तिपुरको मेयर र दुई वडाध्यक्षका लागि मतदान भइरहेको छ।


१६ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अनुसार कीर्तिपुरमा बिहान ७ बजेदेखि सुरू भएको मतदानमा साढे दस बजेसम्म ४५ सय मत खसेको छ । बिहान साढे १० बजेसम्म ४५ सय हाराहारीमा मत खसेको हो ।

आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

कीर्तिपुरको मेयर र दुई वडाध्यक्षका लागि मतदान भइरहेको छ। उपनिर्वाचनका लागि कुल ३१ हजार ११२ मतदाता रहेका छन् ।

साँझ ५ बजेसम्म मतदान सञ्चालन हुनेछ भने मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने तयारी छ।

कीर्तिपुर नगरपालिकाको सभाहलमा मतगणना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *